WhatsApp
Namaste 🙏 Need help ?
Q: How can I track my online order?

A: You can't track your order by yourself because you don't need to log in to our website.

Q: What is your return policy?

A: We accept returns within 15 days of purchase with original packaging.

Q: How do I contact support?

A: You can contact us through WhatsApp or our email kripashilsahakari@gmail.com

Send Message

Message from Secretary

Mr. Narayan Prasad Nepal

नारायण प्रसाद नेपाल

सचिव / व्यवस्थापक

 

अन्तराष्ट्रिय सहकारीका मूल्य मान्यता र सिद्दान्तका आधारमा सदस्यहरुमा छरिएर रहेको स्रोत र साधनलाई एकीकृत गरी सदस्यहरु स्वयंद्वारा संचालित एव नियन्त्रित सहकारी संस्थाको माध्यमद्धारा हामी प्रत्येक सदस्यहरुको आर्थिक, सामाजिक तथा साँकृतिक विकासको लागि एक सहकारी संस्थााको गठन गरी संचालन गर्न आवश्यक भएकोले प्रदेश सहकारी ऐन, २०७६ को दफा १२ को उपदफा १ ले दिएको अधिकारको प्रयोग गरी कृपाशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (KMC–COOP) को स्थापना वि.सं. २०७८ फागुन १५ गते तद्नुसार सन् २०२२ मार्च ९ तारिखमा भएको हो । संस्था स्थापना गर्दाको मुख्य उद्देश्य समाजमा छरिएर रहेको स–साना रकमलाई सङ्कलन गरी सुरक्षित गर्नु थियो । साथै रोजगारी सृजना गर्नु रहेको छ ।

सहकारीको ज्ञान नभई सहकारी दर्ता गरेर सञ्चालन गर्न पुगियो । ज्ञान थिएन तर भावना पवित्र थियो । त्यसैले होला हामीले सहकारी सिक्न र प्रयोग गर्न कन्जुस्याईँ गरेनौँ । सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै जाँदा नै आजको (KMC–COOP)  बन्न पुगेको हो । हामी मात्रै होइन आज नेपालका धेरै सहकारी अभियानमा लागेका सहकारीका शुभचिन्तक र अभियान्ताहरु हाम्रो संस्था प्रति गर्व गर्छन् भन्ने जानकारी पाउँदा हामीलाई अत्यन्तै खुसी लाग्ने गर्छ । नुवाकोटवासीले त यो संस्थालाई औधीमाया गर्ने र यसको श्रीवृद्धिमा निरन्तर योगदान गरिरहेका छन् ।

संस्थाले तिन बर्षको यात्रा तय गरेको छ । यो अवधिमा संस्थाको आकार र कारोबार मात्रै वृद्धि भएको छैन साख बढेको छ, सदस्य र समुदायको भरोसा बडेको छ सँगसगै चुनौतिहरु पनि थपिएका छन् । चुनौति राम्रो हुने मात्रै होइन अझै राम्रो हुने र निरन्तर उचाईतिर लम्कने हो । उचाईमा टिकिरहने हो ।

के एम सी ले २०८० सालबाट बहुव्यवसाय सुरु ग¥यो । स्थापनाकालदेखि गर्दै आएको बचत तथा ऋणको व्यवसाय पहिलो व्यवसाय, के एम सी  कृपाधुन साबुन उद्योग (२०८०) दोस्रो व्यवसाय,को अनुसन्धान भई रहेको छ २०८१ भित्र अर्को उत्पादन बजारमा ल्याउने तयारी रहेको छ । उत्पादक र उपभोक्तालाई जोड्ने छ भने सदस्यलाई उत्पादन एवम् सेवामा जोडे र व्यावसायिक बनाउने र उपभोक्तालाई न्याय गर्ने विश्वास लिएका छौँ ।

सामाजिक सरोकारका विषयमा केएमसी गर्व देखि स्वर्गसम्म (जन्मदेखि मृम्त्युसम्म) को अभियानमा सदस्यको सुखमा उपहार र दुःखमा राहतको प्याकेज बोकेर घरदैलोसम्म पुग्ने गरेको छ । असल संस्कार र समृद्धिका लागि केएमसी भन्ने मूल नारा तय गरेर केएमसीले सदस्य, कर्मचारी र समाजमा असल संस्कारको अभ्यासलाई सघन बनाएको छ । सदस्यहरुसँगको नियमित सम्पर्क र सहभागिता, शिक्षा र सूचनाको आदान प्रदान, पारदर्शी कारोबार एवम् व्यवहार गरेर संस्थाप्रतिको विश्वास बढाउँदै लैजान सकिएको अनुभूति भएको छ ।असल नियत, सामूहिक भावना, सहकारीका मूल्यमान्यता र सिद्धान्तको परिपालनामा भएको केएमसीको असल अभ्यासले वर्तमान एवम् भविष्यमा पनि निरन्तता पाउने छ भन्नेमा म ढुक्क छु । यिनै असल अभ्यास र असल संस्कारको जगमा उभिएर निरन्तर अगाडि बढ्दा नै केएमसीको भविस्य सुरक्षित हुने विस्वास गरेको छु ।

धन्यवाद !

Post a Comment

0Comments
Post a Comment (0)